काठमाडौँ । बुधबारबाट अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नै नरहेको बताए ।
‘आजबाट उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा शिक्षकहरुसँग वार्ता र छलफल सुरु भएको छ । समाधान गर्न सरकारले अग्रसरता लिइरहेको छ’, कार्यबाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।