दसैँ लक्षित गरेर देशभरको सडक मर्मत गर्दै सरकार


  • दसैँ लक्षित गरेर देशभरको सडक मर्मत गर्दै सरकार
  • काठमाण्डौं : दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए ।

    ‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग भने, ‘भौतिक मन्त्रालयले देशभरका सडक मर्मत सम्भार गर्न निर्देशन दिइसक्यो ।’



  • सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले विभागको मातहतमा रहेका सम्पूर्ण सडक मर्मत सम्भारको काम भइरहेको बताए । दसैँलाई लक्षित गरेर राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्ने, पहिरो हटाउने र अन्य प्रकारको मर्मत सुरु भइसकेको उनले बताए । देशभरका राष्ट्रिय राजमार्गमा पहिरो हटाउनका लागि २५० हाराहारीमा एक्स्काभेटर तयारी अवस्थामा रहेको समेत ढकालको भनाइ छ ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौला मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्ग, टोखा छहरे, अरनिको राजमार्ग, बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग लगायतको मर्मतमा ध्यान दिनुपर्ने बताउँछन् । विस्तार र वर्षायामको पहिरो लगायतले सडकको अवस्था दयनीय रहेकाले ती सडकलाई यात्रा योग्य बनाउनुपर्ने सिटौलाको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *