क्रिसमसमा आमिरको ‘लालसिंह चड्डा’



काठमाडौ ।
कोरोना संक्रमण देखिएको सुरुवातका दिनमा लकडाउन गरेको भातरले केही समय पश्चात भने लकडाउन खुकुलो पारेको थियो । लकडाउन खुकुलो पारेसंगै भारतमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वढिरहदा समेत त्यहाँ लकडाउन छैन । केही व्यावसाय खुलेपनी सिनेमा हल भने बन्द छन । तर सिनेमाको छायांकन र सम्पादनका कार्य भने सुरु भैसकेका छन् । त्यस्तै नयाँ सिनेमा घोषणाको शिलशिला पनि बढ्दै गएको छ ।
पछिल्लो समय आमिर खानले आफ्नो आगामी सिनेमा ‘लालसिंह चड्डा’को रिलिज डेट फाइनल गरेका छन् । अजय चन्दनको निर्देशन रहेको यो सिनेमामा आमिर खान, करिना कपुर र मोना सिहंको मुख्य अभिनय रहेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दिएको जानकारी अनुसार यो प्रतिक्षित सिनेमा आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ । यो सिनेमा व्यावसायिक रुपमा सफल हुनेमा फिल्मि युनिट आशावादी छ ।