काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेलमा सेमिफाइनल प्रवेशका लागि नेपालले २०३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि यशस्वी जैसवालले १०० रन बनाए भने कप्तान रुदरात गाइकवाडले २५ रन बनाए । त्यस्तै तिलक बर्मा र जितेश शर्माले क्रमशः २ र ५ रन बनाउँदा शिवम् दुवेले २५ रन बनाए भने रिंकु सिंहले ३५ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।