डिआइजीकै संरक्षणमा जुवा सञ्चालन


  • डिआइजीकै संरक्षणमा जुवा सञ्चालन
  • काठमाडौं । व्यापारी र उद्योगपतिहरूको सहरको रुपमा चिनिएको कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा करोडौंको अवैध जुवा खेल सञ्चालन हुँदै आएको स्थानीयले दृष्टिलाई बताएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोला र मोरङ जिल्ला प्रहरीका कार्यालयका प्रमुख एसपी प्रमुख दीपक पोखरेल दुवैले उक्त घटनामा आँखा चिम्लिएर बसेका छन् ।

    कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा अवैधरूपमा सञ्चालन भएको जुवाका कारण पूरै गाउँ नै प्रभावित हुँदा पनि प्रहरीले रहस्यमय मौनता साँधेको छ । ‘कोशी प्रदेशकै डिआइजी बाँस्तोला र एसपी दुवैले त्यस क्षेत्रमा प्रहरी पठाए पनि निगरानीमात्रै राख्ने गरेको र जुवाडेहरूलाई पक्राउ नगरी छुट दिने गरेका छन्’, गाउँलेले दृष्टिसँग भने ।



  • कोशी प्रदेशमा रहेका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारीसमेतका ठाउँबाट जुवाडे बोलाएर अवैध जुवा सञ्चालन हुँदासमेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेपछि उक्त जुवाको सञ्जाल व्यापक भएको स्रोतको दाबी छ ।

    कोशी प्रदेशमा रहेका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारीसमेतका ठाउँबाट जुवाडे बोलाएर अवैध जुवा सञ्चालन हुँदासमेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेपछि उक्त जुवाको सञ्जाल व्यापक भएको स्रोतको दाबी छ ।Drishtinews is is att

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *