बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बांकी


  • बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बांकी
  • काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।



  • दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *