काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीको श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । गोली लागेर घाइते अवस्थामा भेटिएका शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पुर्याएको थियो ।
शर्मिलालाई गोली लागेको समयमा असई चौधरी भने घरमा थिएनन् । लक्ष्मणले लोडेर गोली घरमै छाडेर बाहिर निस्किएको बेला शर्मिलाले आत्महत्या प्रयास गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।