चीनको तिब्बतमा रहेको सिसापाङ् हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बताएका थिए ।