काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो ।
यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् ।

काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।