काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ ।
त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
त्यस्तै दूतावासले घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन रहेका एक जनाको खोजीकार्य जारी रहेको जानकारी दिएको छ ।