काठमाडौं । इजरायल युद्धमा हालसम्म कम्तीमा ११ सय जनाको मृत्यु भएको छ । चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको हो ।
शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन् । हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ ।