काठमाडौं । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/11/sagarmatha-cement-hrz.gif)
ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट मात्रै रहेकाले क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका मनाङ एअरले जनाएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।