काठमाडौं : तीन दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक भएको छ ।
शनिबार ओएसआर डिजिटल युट्युप च्यानलबाट सार्वजनिक गरेको गीतमा सागर शरद अधिकारीको संगीत, सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।माया प्रेममा एक प्रेमीले प्रेमिकाप्रती पोखेको पीडा साथै परिवार सदैव मिलेर बस्नुपर्छ भन्ने कथाबस्तुलाई देखाइएको गीतको शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन ।

गीतको मोडलिङमा गायक पोखरेललाई उषा उप्रेतीले साथ दिएकी छन् । सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालको सम्पादन रहेको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।


लामो समयदेखी गायनसंगै मोडलिङमा पनि सक्रिय पोखरेलका आंखाको नानी हौ तिमी, हे दैब, काडा उम्रियो,पहिलो पहिलो माया लगायत दर्जनौँ बढी गीतहरु हिट छन् ।