नेपालगन्ज : बर्दिया स्थित बानियाँभारमा वृहत् रक्तदान गरिएको छ। ६८ औं प्रहरी दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको हो।
इलाका प्रहरी कार्यालय बानियाँभारको आयोजना, जिल्ला प्रहरी कार्यालयको संरक्षण तथा नेपाल स्वंमसेवी रक्तदान समाज र नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम गरिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैक्रममा बोल्ने वक्ताहरुले रक्तदान नै जीवन दान भएकाले उमेर समुह पुगेका हरेक व्यक्तिले रक्तदान गर्नु पर्ने बताए । उनीहरुले रगत अभावमा कसैको पनि ज्यान जान नहुने भन्दै यस्तो मानवीय सेवामा समर्पित हुन सबैलाई आह्वान समेत गरे ।

बानियाँभार प्रहरीले प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेर सह्रानिय कार्य गरेको भन्दै सहभागीहरुले प्रंशसा समेत गरेका थिए ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु, नेपाल रेडक्रस सोसाइटी जयनगर उपशाखा सभापति श्रीराम थारु, नेपाल स्वंमसेवी रक्तदान समाजका नगर संयोजक शंकर थारु, समाजसेवी पुष्कर कुमार विष्ट लगायतले बोल्नु भएको थियो । वृहत् रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका थिए ।