मुस्ताङमा हिउँ पर्‍यो


  • मुस्ताङमा हिउँ पर्‍यो
  • जोमसोम । मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ । उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ ।

    जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आशिंक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए ।



  • लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए । उपल्लो मुस्ताङमा असोजमै पहिलो पटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

    हिमपात भएसँगै बस्तीमा हिउँ जम्न नसके पनि खेतबारी र डाँडाकाँडा हिउँले सेताम्मे भएको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङमा हिउँ परेसँगै चिसो ह्वात्तै बढेको बताइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *