काठमाडौं ल्याइएको विद्यार्थीको शवलाई श्रद्धाञ्जली अर्पण


  • काठमाडौं ल्याइएको विद्यार्थीको शवलाई श्रद्धाञ्जली अर्पण
  • काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो ।

    चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ ।



  • न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान  धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पुर्‍याउने व्यवस्था गर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *