काठमाडौंमा छोटो दूरीको गाडीमा जोर विजोर प्रणाली कायमै,लामो भदौ मसान्तपछि मात्रै



काठमाण्डाै ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी साधनहरु चलेपनी लामो दूरीको यातायात भने भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन् ।
'हाल काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन् । काठमाडौंमा जोर विजोर प्रणाली कायमै रहेको बताउदै पछिल्लो समय कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएकोले हामी सबै सचेत हुन समेत उनले आग्रह गरे ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको थियो ।
यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन र हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको थियो भने
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले भदौ १५ या १६ गतेदेखि हवाई सेवा र लामो दूरीको यातायात सञ्चालन गर्न सिफारिस गरेको थियो।