फिर्के खोला मिचेर बनाइएका घर भत्काउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम


  • फिर्के खोला मिचेर बनाइएका घर भत्काउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम
  • काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोला मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो ।

    ‘पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पूर्णरुपमा हटाउनु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ महानगरले सूचनामा भनेको छ ।



  • ३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *