सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र उनीहरुका भाइबुहारी सुस्मिता नेवार रहेको बताइएको छ ।

उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको भन्ने जानकारी आएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले बताए । उनका अनुसार रतनको परिवार रोजगारीका सिलसिलमा भारतमा बस्दै आएका थिए ।