भुकम्पका कारण थप १६ जना घाइते



  • जाजरकोट । जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् । 

    अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो ।  घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् ।

    यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी थिइन् । काखमा छोरी च्यापेर हाफ फालेकी उनको उपचार भइरहेको छ । छोरी भने सकुशल छिन् । 



  • यो सँगै भूकम्पबाट घाइतेहरूको संख्या ३५७ जना पुगेको छ । घाइते हुने जाजरकोटका १४५ जना रहेका छन् भने रुकुम पश्चिमका २०० जना रहेका छन् ।

    यस्तै दैलेखका ३, जुम्लाका चार, सल्यानका २ र कालिकोटका एक जना छन् । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *