कतारमा हुने विद्यार्थी सहयोगार्थ सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा


  • कतारमा हुने विद्यार्थी सहयोगार्थ सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा
  • दर्शन सुनार, कतार : कतारमा 'गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ' विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

    शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बरमा स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाईको आयोजनामा हुने कार्यक्रम संयोजक मानबहादुर केसीले बताए ।

    गृह जिल्ला स्याङ्जा नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षालाई गुणस्तरीय बनाउनका लागि टेवा पुग्ने उदेश्यले आर्थिक एवम् शैक्षिक सामाग्री सहयोग गर्न लागिएको भिरकोट ईकाईका अध्यक्ष लिल बहादुर रोकाले सौर्यपत्रलाई जानकारी दिए।



  • धार्मिक सहिष्णुता कायम राख्ने, स्नेह मिलनको साथमा भाइचाराको भावसहित आफ्नो धर्म संस्कृतिलाई जोगाउँदै नेपालीहरुको महान पर्वहरुलाई एकैसाथ समेटेर उक्त अवसरमा शुभकामना आदानप्रदान, नेपाली नौमती बाजाको साथमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गर्ने गरी आर्थिक संकलन गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।

    आयोजकले कार्यक्रमलाई सफल बनाईदिन कतारमा स्थापित विभिन्न वैचारिक संघ-संस्थाहरु, प्रदेश संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, कलाकार पत्रकारहरू, वुद्धिजीवी, व्यवसायी समाजसेवीहरुलाई उपस्थित हुन अनुरोध समेत गरेको छ।

    १० नोभेम्बर ( कार्तिक २४) शुक्रबारका दिन कतारको सनैया स्थित अलातियामा रहेको फुलवारि रेस्टुरेन्टको सभाहलमा विहान ११ बजेबाट सुरुहुने कार्यक्रममा प्रवेश नि:शुल्क रहेको स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *