जाजरकोटका भूकम्प पीडितले अझै त्रिपाल पाएनन्


  • जाजरकोटका भूकम्प पीडितले अझै त्रिपाल पाएनन्
  • जाजरकोट । गत शुक्रबार मध्य राति अचानक भूकम्प आएपछि निन्द्रा खुलेपछि खालीहात घरबाट भागेका जाजरकोट भेरी नगरपालिका–३ थाप्लेका मिलन चदारा अहिलेपनि खुला आकाश मुनि रात बिताउन बाध्य छन् । विभिन्न संंघ संस्था र सरकारले पठाएको राहत सामग्रीस्वरुप त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको उनी बताउछन् ।

    वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहेनछ भन्दै निराश बनेका छन् ।

    त्यस्तै, अर्का भुकम्प प्रभावित गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि मात्र एक थान त्रिपाल पाएको उनले सुनाए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए ।



  • घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए ।

    बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *