काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि करिब १ लाख ८० हजार नागरिक प्रभावित भएका छन् ।
जाजरकोटमा कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले विवरण सार्वजनिक गररेको हो । भूकम्पकै कारण जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको प्रशासनले जनाएको छ ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको छ ।