ट्रकको ठक्करबाट कोहलपुरमा ३१ वर्षीय युवकको मृत्यु


  • ट्रकको ठक्करबाट कोहलपुरमा ३१ वर्षीय युवकको मृत्यु
  • नेपालगंज । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।



  • ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर- २ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *