लुटपाटमा संलग्न असई सहित ५ जना जेल चलान


  • लुटपाटमा संलग्न असई सहित ५ जना जेल चलान
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ परेका थिए ।



  • प्रकाउ पर्ने प्रहरीमा सहायक हवल्दार ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक ४३ वर्षीय सुनबहादुर तामाङ रहेका छन् ।

    उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए । उनकै गाडीमा तीन जना युवती बोलाएको प्रतिवादीहरुमाथि आरोप छ । रोकाको जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *