दर्शन सुनार, कतार : स्याङ्जा सहयोग समाजको मातहतमा रहेको भिरकोट इकाईले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२३ भव्य रुपमा सम्पन्न गरेको छ ।
नेपालीहरुको दोस्रो महान शुभ दिपावली एवम् छठ पर्व तथा नेपाल संवतको अवसर पारेर स्याङ्जा सहयोग समाज(केन्द्र) को समन्वयमा 'गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ' सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो। नौमती बाजाको साथमा सुरुभएको कार्यक्रममा शुभकामना आदानप्रदान पनि गरिएको थियो।
इकाईका अध्यक्ष लिल बहादुर रोकाको सभापतित्व तथा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सप्पन्न भएको हो। नौमती बाजाको धुनसँगै ब्यानर अनावरण गरि दिप प्रज्वलन गरेर विधिवत उद्धघाटनसहित अघि बढेको कार्यक्रममा इकाईका प्रथम उपाध्यक्ष मनु अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभाहलमा स्याङ्जा सहयोग समाजको मातहतमा रहेका विभिन्न इकाईका अध्यक्ष तथा प्रतिनिधिसँगै कलाकार,पत्रकार नौमती बाजाका सम्पुर्ण टिमको उपस्थिति रहेको थियो। स्याङजा सहयोग समाज कतार मातहत रहेका विभीन्न इकाईका अध्यक्ष,तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा इकाईले निकै राम्रा कामहरु गर्दै आएको बताउदै उनीहरूले खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका प्रकाश परियारले जाजरकोटको रामिडाँडालाई केन्द्र बिन्दु बनाएर आएको विनाशकारी भुकम्पले देश दु:खमा परेको बताउँदै भुकम्पमा परि मृत्यु भएका मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुलाई शिघ्र स्वास्थ लाभको कामना गरे।

कार्यक्रमबाट उठेको रकम अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजसँग समन्वय गरेर भुकम्प पीडितलाई सहयोग गर्ने स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष परियारले बताए । इकाईले प्रमुख अतिथीको भुमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा इकाईसँग हातेमालो गरेर परोपकारी कार्यमा थप सशक्त भएर अघि बढ्ने उनले जोड दिए ।
इकाईका महासचिव विवेक अर्याल र सचिव रमेश बिकको संयुक्त सहजीकरण रहेको कार्यक्रमको समापन गर्दै सभापति रोकाले कार्यक्रमलाई सभ्य र भव्य बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए। स्याङ्जा सहयोग समाज केन्द्रले कार्यक्रम सफल बनाउन निकै विशेष भुमिका निर्वाह गरेको भन्दै उनले खुशी व्यक्त गर्दै समाजलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा कलाकार पुकार थापा,पदम सेन्चुरी, भुवन परियारको सांगीतिक प्रस्तुति रहेको थियो। नौमती बाजाको प्रस्तुतिले हलमा थप रौनकता थपेको थियो । नौमती बाजाको साथमा हलमा उपस्थित सबैले नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए । समाजले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न किसिमका सहयोग तथा योगदान गर्ने समाजका सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु पत्रकार तथा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्घारा सम्मान पनि गरिएको थियो।
"स्याङ्जा सहयोग समाजको चाहना,विशुद्ध सामाजिक सेवाको भावना" भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको भिरकोट नगर इकाई कतार तथा गृह जिल्लामा समेत सामाजिक तथा परोपकारि कार्यमा सक्रिय रहेको छ ।