काठमाण्डौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।
‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’