दर्शन सुनार, कतार : नेपाल मगर सांस्कृतिक परिवार कतारले हुर्रा तथा दिपावाली पर्व मनाएको छ। 'नेपाल मगर सांस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण र सम्बर्द्धनमा हाम्रो अभियान' भन्ने मुल नाराका साथ नेपाल मगर संघ कतार शाखाले हुर्रा पर्व तथा दिपावली कार्यक्रम २०२३ सम्पन्न गरेको हो।
नेपाल मगर सांस्कृतिक परिवारको आयोजना तथा नेपाल मगर संघ शाखा कतारको संयोजनमा शुक्रबार सहानिया स्थित अलदोसरीमा एक आन्तरिक कार्यक्रमको आयोजना गर्दै हुर्रा तथा दिपावाली पर्व मनाइएको हो।
कार्यक्रममा नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरको सभापतित्व रहेको थियो। त्यस्तै, नेपाल मगर संघ शाखा कतारकि प्रथम उपाध्यक्ष तथा बर्तमान कार्यवाहक अध्यक्ष देबी कुमारी मगरको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो।
विधिवत रुपमा दिप प्रजलन गरेर उद्धघाटन सहित शुभारम्भ गरिएको कार्यक्रमको स्वागत मन्तव्य सांस्कृतिक परिवारका सह- कोषाध्यक्ष नेत्र थापा मगरले राखेका थिए। कार्यक्रममा मगर संघ शाखा कतारमा आवद्ध रहेका कलाकारहरुले देउसी भैलौ, हुर्रा नाच मगर जातिहरुको परम्परा अनुसार मगर समुदायमा प्रचलित लोक नृत्य कौडा नाच, एकल नृत्य, सामुहिक नृत्य गायन तथा अन्य कलाकारहरुले बेजोड साङ्गितिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले सांस्कृतिक परिवारले निकै राम्रा र सराहनीय कार्यहरु गर्दै आईरहेको बताउँदै खुलेर प्रशंसा गरेका थिए।प्रमुख अतिथि देबी कुमारी मगरले आफ्नो शुभकामना मन्तव्य दिँदै सांस्कृतिक परिवारले सम्पुर्ण मगरहरुको धर्म सस्कृंती जोगाईराखेको भन्दै मीठो प्रशंसा सहित आभार प्रकट गरिन्।
सांस्कृतिक परिवारका सचिव बिनोद राना मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति थापाले सिङ्गो मगर संघ, सांस्कृतिक परिवार एरिया, समिती बिभागलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद कृतज्ञता प्रकट गरे ।
कार्यक्रमको सभाहलमा कतारमा आदिवासी जनजाती महासंघमा आवद्ध रहेका स्थापित विभिन्न मातृ संघ-सस्थांका अध्यक्ष तथा महिला प्रतिनिधि साथै मगर संघ शाखा कतारका मातहतमा आवद्ध रहेका एरिया समिती तथा बिभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।हुर्रा पर्व तथा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक पोविन सिजांली मगरले प्रष्ट पारेका थिए ।