काठमाडौं । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।
आज आइतबार दिउँसो २ बजेर ५९ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेको छ।