दर्शन सुनार, कतार : कर्णाली प्रदेश सेवा समाज दोहा कतारद्वारा भूकम्प पीडितलाई दोस्रो चरणको आर्थिक रकम सहयोग गरिएको छ।
गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई कर्णाली प्रदेश सेवा समाजले दार्मा गाउँपालिका सल्यानलाई ३० हजार ४ चार ६१ रुपैया, रुकुम पश्चिमलाई २० हजार ८० रुपैया, जाजरकोटलाई ३० हजार २ सय ६५ रुपैया, र कपिल परिवार जाजरकोटलाई १० हजार ९२ रुपैया गरेर कुल ९० हजार ८ सय १८ रुपैया भुकम्प पिडितलाई राहत स्वरुप दोस्रो चरणको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको कर्णाली प्रदेश समाजका महासचिव सुरेश केसीले सौर्यपत्रलाई जानकारी दिए ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/11/sagarmatha-cement-hrz.gif)
प्राकृतिक विपदबाट विनाशकारी भूकम्पमा भएको दु:खद घडिमा भुकम्प पिडितहरुको राहतका लागि पहिलो चरणमा संस्थाका अध्यक्ष मोतिलाल बुढा मगरको अध्यक्षतामा बैंठक बसेर संस्थाकी महिला संयोजक जाजरकोट निवासी पवि थापा मगरलाई नेपाली ५० हजार रुपैया कर्णाली प्रदेश सेवा समाजले सहयोग हस्तान्तरण गरेको थियो ।
कर्णाली प्रदेश सेवा समाजले कोरोना महामारी,बाढी पहिरो जस्ता विपत्तिका क्षणमा परोपकारी तथा मानविय सहयोग कार्य गर्दै आईरहेको छ ।