महजोडी ‘चैत्यदेवी सिंह पुरस्कार’ बाट सम्मानित



काठमाण्डाैं ।
गत साल मात्र स्थापना भएको ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हास्य सम्राट महजोडीलाई प्रदान गरेको छ । सिमित फिल्मकर्मी र पत्रकारको उपस्थितिमा मंगलबार राजधानीमा एक सामान्य कार्यक्रमका बीच महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशी सहित सम्मान गरिएको हो ।
फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला र भुवन चन्द/हरिश चन्दले दोसल्ला ओढाएर महजोडीलाई सम्मान गरेका थिए । लामो समयदेखि अनवरत रुपमा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप मह जोडिलाई यो सम्मान दिइएको फाउन्डेसनकी अध्यक्ष भुषालले जानकारी दिइन ।
कोरोना महामारीका कारण सानो जमघटमै सुरक्षाका उपाय अपनाएर कार्यक्रम आयोजना गरिएको थियो ।
तस्विर:प्रकाश ढकाल