काठमाण्डौंमा बिहानैदेखी सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन


  • काठमाण्डौंमा बिहानैदेखी सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन
  • काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आयोजना गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    काठमाडौंको तीन कुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ भने करिब दश हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

    तीन कुने र बल्खुमा हुने प्रदर्शनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेको र सोही प्रयोजनका लागि डिआइजीको नेतृत्वमा जेओसिसी गठन भएको उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी दिनेश मैनालीले बताए ।



  • प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्ला मातहतका कार्यालयबाट समेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ  ।

    त्यस्तै प्रदर्शन हुने स्थान र नारा–जुलुस हुने ठाउँमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुसलाई निगरानी गरिने प्रहरीले जनाएको छ ।

    सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् । पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् । हतियारसहित खटिने उनीहरूले कार्यक्रममा सहभागी हुने भिभिआइपीको सुरक्षा गर्नछन्  ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *