काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच काठमाडौंको बल्खुमा भएको झडपमा परि २ जना घाइते भएका छन् ।
प्रदर्शन स्थल आउने क्रममा युवा संघका कार्यकर्तामाथी प्रसाई नेतउत्वको कार्यकर्ताले ढुंगामुडा गरेपछि भएको झडपमा परि दुई जना घाइते भएका हुन् । घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।
एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् । युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ ।