अपराधिलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ आइजी साप: दुर्गा प्रसाईं


  • अपराधिलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ आइजी साप: दुर्गा प्रसाईं
  • काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । 

    बिहीबार काठमाडौंको बल्खुमा शक्ति प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीमाथि ढुंगामुढा गर्ने केहि समर्थक पक्राउ परेपछि प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेर आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका हुन् ।

    आफ्नै घरमा नजरबन्दमा परेका उनले आफू नागरिक बचाउन आएको बताए । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ? ।’



  • प्रसाईंले हिजो सैनिक हिरासतको कठोर यातना भोगेको बताउँदै आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताएका हुन् ।
    यस्तै उनले नेपाल प्रहरी प्रमुख बसन्तबहादुर कुँवरमाथि आक्रोश पोखेका छन् । 

    गत मंसिर ५ गते राति भक्तपुरको पार्टी प्यालेसमा सुतेका महिलाहरूलाई लखेट्न जानेलाई हालसम्म पक्राउ नगरेको भन्दै उनी आईजीपी कुँवरमाथि खनिएका हुन् ।

    ‘महिला सुतेको ठाउँमा राति राति लगार्न जाने अनि दुर्व्यवहार गर्नेलाई आजसम्म पक्राउ गर्न सकेको छ प्रहरीले ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यस्ता बलात्कारी र अपराधीलाई नसमातेर कसका बाख्रा चराउन जानुभाछ आईजीसाप तपाईं ? ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *