जब अमृता ‘देउरालीलाई भेटी’ गाउँदै स्टेज उक्लिइन्..!


  • जब अमृता 'देउरालीलाई भेटी' गाउँदै स्टेज उक्लिइन्..!
  • दर्शन सुनार, कतार : गायिका अमृता श्रीपालका गीतहरू बजारमा थोरै छन्। तर पनि उनले गाएका केही गीतहरूको लोकप्रियताका कारण उनको माग विभिन्न सांगीतिक कार्यक्रममा भइरहन्छ। मिठो स्वर भएकी अमृता नेपालसँगै विदेशका कार्यक्रममा पछिल्लो समय व्यस्त छिन्।

    यसैबीच, उनी हाल मात्रै सांगीतिक कार्यक्रमका लागि कतार आइन्। शुक्रबार कतारमा सम्पन्न ‘नुवाकोट सांगीतिक साँझ’मा उनले आफ्नो प्रस्तुति दिएकी थिइन्। नेपालबाट कलाकारको रुपमा निमन्त्रणा गरिएकी उनको प्रस्तुति हेर्नको लागि हलमा दर्शकहरुको बाक्लो उपस्तिथि थियो।



  • जब अमृताले ‘देउरालीलाई भेटी’ गीत गाउँदै स्टेज उक्लिइन् तब माहोल तात्तिएको थियो। अमृताले यही गीतमा दर्शकलाई भरपुर नचाइन् पनि। यो गीतका अलावा उनले अन्य गीत पनि गाएकी थिइन्। पछिल्लो समय उनले गाएको ‘देउरालीलाई भेटी’ गीतलाई दर्शकले रुचाएका थिए।

    कतारको नुवाकोट साँझमा अमृताले प्रस्तुति दिँदै गर्दा सौर्यपत्रकर्मी दर्शन सुनारले कैद गरेकी केही तस्वीरहरु यस्ता छन्:-

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *