ट्यांकरको ठक्करबाट नेपालगञ्जमा युवतीको मृत्यु


  • ट्यांकरको ठक्करबाट नेपालगञ्जमा युवतीको मृत्यु
  • नेपालगञ्ज । डिजल बोकेको ट्यांकरको ठक्करबाट नेपालगञ्जमा एक जना युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

    नेपालगंज पुस्पलाल चोक देखि धम्बोझि तर्फ आउदै गरेको ना.३ ख. ८८५२ नम्बर ट्यांकरले धम्बोझी नजिकै आज आइतबार साँझ ५:४५ बजे भे ११ प ७६५७ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपालगञ्ज-१७ परसपुर बस्ने १७ बर्षीया सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



  • बुवा दिलिप कुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । घाइते मोटरसाइकल चालक पाठकको नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    ट्याङकर र ट्याङकर चालक राजेश शर्मा जिप्रका बांकेको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रबक्ता डाँगीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *