‘गैर आवासिय नेपाली तारा २०२३’ को डिजिटल अडिसनको लागि थपियो समय


  • 'गैर आवासिय नेपाली तारा २०२३' को डिजिटल अडिसनको लागि थपियो समय
  • दर्शन सुनार, कतार : गायन तथा नृत्य प्रतियोगिताको कार्यक्रम 'गैर आवासीय नेपाली तारा २०२३'को डिजिटल अडिसनको लागि मिति थपिएको छ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन गईरहेको 'गैर आवासीय नेपाली तारा'को चौथो संस्करणको  डिजिटल अडिसनको लागि चार दिन थप समय थपिएको आयोजक टिमले जनाएको छ।

    'नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ' भन्ने मुल नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थको लागि आयोजना हुन लागेको उक्त कार्यक्रममा डिजिटल अडिसनका लागि गत नोभेम्बर १ तारीखदेखि  नोभेम्बर २५ तारीखसम्म खुल्ला गरिएको थियो।



  • कतारमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने र  धेरै भन्दा धेरै सहभागीता गराउने उद्देश्य र डिजिटल अडिसनका लागि छुटेका प्रतिभाहरुलाई पुनः जोड्नको निमित्त सबैलाई सहभागिताको लागि सादर अनुरोध गर्दै एनसिसी कतारका वरिष्ठ उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा सनिवार साँझ बसेको आयोजक कमिटीको बैठकले थप चार दिन समय थपेको एनसिसी कतारका सचिव रोशन अर्यालले जानकारी दिए ।

    डिजिटल अडिसनको अन्तिम मिति २९ नोभेम्बर २०२३ का दिन कतारको समय अनुसार रातको १० बजे  सम्ममा प्राप्त भएका गायन र नृत्यका डिजिटल अडिसनका अडियो तथा भिडियो जानकारी सहित प्रथम अडिसनको लागी समावेश गराईने भएको छ।

    गैर आवासीय नेपाली संघ र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा गायन र नृत्य विधा गरि दुई बिधामा हुन लागेको कार्यक्रममा
    डिजिटल अडिसनबाट छनौटमा भएका प्रतियोगिहरुलाई प्रथम अडिसनको लागि समावेश गराउँदै पहिलो अडिसन १ डिसेम्बर २०२३का दिन सनैयामा अबस्थित फुलवारी  स्पाईसी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम उद्धघाटन सहित  प्रतिस्पर्धा गराईने आयोजक कमिटीले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *