भूकम्प पीडितको लागि एनसीसी र कतारमा रहेका नेपालीले गरे १३ लाख बढी सहयोग


  • भूकम्प पीडितको लागि एनसीसी र कतारमा रहेका नेपालीले गरे १३ लाख बढी सहयोग
  • दर्शन सुनार, कतार :  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा तथा विभिन्न संघ-संस्थाको सहयोगार्थमा भुकम्प पीडितको लागि कतारबाट १३ लाख भन्दा बढी सहयोग गरिएको छ ।

    एनसीसी कतारका अध्यक्ष रमेश भट्टको संयोजकत्वमा राहत संकलन समिति गठन गरि संकलन गरिएको रकम मध्यबाट पीडितलाई प्रत्यक्ष ३ लाख ९३ हजार १ सय २१ रुपैया र नेपाल सरकारको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ९ लाख ४५ हजार २ सय ७१रुपैया गरि जम्मा १३ लाख ३८ हजार ३ सय ९२ रुपैया सहयोग गरिएको हो ।

    संकलित रकमबाट घर पुर्णरुपमा क्षती भएका जाजरकोटका मरिचमान शाही, र कर्णबहादुर वलीलाई जनही ५० हजार रुपैया, पवि कुमारी थापालाई ५० हजार र हवाई टिकट, घर क्षती भएका जाजरकोटकै लिला बहादुर राना, लाल बहादुर बस्नेत, गोविन्द मल्ल र सुनत सिंहलाई जनही २० हजार, जाजरकोट घर भई कतारमा कार्यरत रहँदा केहि दिन अगाडि भएका र भुकम्पले घरमा क्षती पुगेका कर्म खत्रीको परिवारलाई ४० हजार, घरमा क्षती पुगेका सल्यानका सुरेश केसीलाई २० हजार, रुकुम पश्चिमकी दिपा नेपालीलाई २० हजार ८०, जाजरकोटका कपिल परियारलाई १० हजार १२ र सल्यानको दार्मा गाँउपालीकालाई ३० हजार ४ सय ६१ प्रदान गरिएको हो ।



  • एनसीसी कतारको अभियानमा एक्यवद्धता जनाउँदै कर्णाली प्रदेश सेवा समाज कतारले ५ हजार ५ सय १५ रियाल, प्रवासी नेपाली समुदाय–दोहा कतारले तिन हजार दुई सय अठचालीस रियाल, गण्डकी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियाल तीन हजार, कोशी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियाल दुई हजार सात सय चौवन्न,  कर्णाली प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियाल दुई हजार सात सय पैतालीस, लुम्बीनी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियाल एक हजार सात सय तेह्र रियाल,मधेस प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियाल पाँच सय एकाउन्न, नेपाल आदीवासी जनजाती महासंघमा आवद्ध मातृ संस्थाको तर्फबाट कतारी रियाल एक हजार एक सय एघार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतारको तर्फबाट छ सय पचास रियाल, महिला समाज कतारको तर्फबाट पाँच सय पाँच कतारी रियाल लगायत  विभिन्न संस्था एवं विभिन्न सामाजिक व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरेका थिए ।

    आईतबार संकलित रकम एवं सहयोगको विवरण नेपाली राजदुतावासमा महामहिम राजदुत डा. नरेश विक्रम ढकाललाई एनसीसी अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षत्री र कर्णाली प्रदेश सेवा समाज कतारका अध्यक्ष मोतीलाल बुढामगरको उपस्थितिमा जानकारी गराईएको छ । भेटका क्रममा महामहिम राजदुत ढकालले मातृभुमिमा परेको विपतमा एनसीसीको नेतृत्वमा सहयोग गर्ने सबै संघ संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    जाजरकोट जिल्लाको रामीडाडालाई  केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रबारको मध्यराती गएको ६.४ रेक्टर स्केलको भुकम्पले विशेष गरि जाजरकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय एवं भौतिक क्षती पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कतारले तत्काल पाँच लाख सहयोग गर्ने प्रतिवद्धता सहित कतारमा स्थापित सम्पुर्ण संघ–संस्थालाई संयुक्त रुपमा सहयोग अभियान चलाउन आह्वान गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *