सर्वसाधारणलाई थप्पड हान्दै इन्स्पेक्ट बमले भने–‘चुप बढ्ता नबोल’


  • सर्वसाधारणलाई थप्पड हान्दै इन्स्पेक्ट बमले भने–‘चुप बढ्ता नबोल’
  • काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।

    मङ्सिर ७ मा बल्खुबाट प्रदर्शन सुरु गरेका प्रसाईंले सोमबार गौशालामा प्रदर्शन गरे । कार्यक्रम स्थलबाट प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको छ ।

    सबैभन्दा धेरै आन्दोलनकारी मङ्सिर ८ मा तीनकुनेबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलका अनुसार त्यसदिन २६१ जना पक्राउ परे । तीमध्ये ५ जनालाई मुद्दा चलाइएको छ ।



  • प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने इन्स्पेक्टर हुन् तिलकबहादुर बम । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल ।’

    थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयतता अपनाएका छन् ।

    सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ?  बोल्न नपाउने ?’ प्रसाईंको आन्दोलनमा सहभागी भएका धर्मगुरु आचार्य श्रीनिवास सहित १४ जनालाई प्रहरीले सोमबार गौशाला चोकबाट पक्राउ गरेको छ । श्रीनिवासले अराजक अभिव्यक्ति दिएको आरोप छ । रातोपाटीबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *