दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।

दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।
उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको अधिकृत शाहीले बताए ।


करिब २० लाख बराबरको रकम खर्च गरेका उनीहरुले पिपलचौतारा प्राथमिक बिधालयका विद्यार्थीलाई ट्र्याक सुट, कापी, कलमलगायत स्टेसनरी सामग्री वितरण गर्नुका साथै रामीडाँडाका १६५ घरधुरीलाई १/१ बोरा चामलसहित दाल, नुन, तेललगायत वितरण गर्न लागेका हुन ।
कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ कुसे गाउंपालिका रोजेका थिए। जाजरकोटमा राहत सामग्री लैजान उनीहरूले कोहलपुरबाट ट्रकमा सामान लोड गरेर ल्याएका हुन ।