काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् ।
आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् ।

र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’
