विश्वमा कोरोना संक्रमितको संख्या २ करोड वढि, मृतकको संख्या ७ लाख नाघ्यो



काठमाडौं ।
कोरोना संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।