‘गैर आवासीय नेपाली तारा २०२३’ : पहिलो अडिसनबाट ४१ जना छनोट


  • 'गैर आवासीय नेपाली तारा २०२३' : पहिलो अडिसनबाट ४१ जना छनोट
  • दर्शन सुनार, दोहा :  यतिबेला कतारमा 'गैर आवासीय नेपाली तारा'को चौथो संस्करण संचालन भइरहेको छ। राष्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ आयोजना गरिएको यस् कार्यक्रमको पहिलो अडिसन सम्पन्न गरिएको छ।

    पहिलो असिसनमा गायन विधाका ४७ र नृत्य विधाका २१ जना सहभागी थिए। जसमध्ये, गायनमा २७ र नृत्य विधामा १४ जना गरि कुल ४१ जना दोस्रो चरणको अडिसनका लागि छनोट भएका छन्।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा संचालित यो कार्यक्रमको मुल नारा 'नेपाली कला र संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं' भन्ने रहेको छ।

    गायन विधाबाट दोस्रो चरण प्रवेश गर्ने कलाकारहरूमा अनमोल श्रेष्ठ,उत्तम राई,अक्षय लिम्बु,अनमोल ढकाल,भीम कार्की,अशोक गुरुङ,बनिता राई,बुद्धसिंह लिम्बु ,गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली,ईशान रेग्मी,जोन विक किरण विक, क्षितिज तामाङ,मानसिङ परियार रेश्मी विक,सरला तामाङ, सुजन गुरुङ, सुरज केसी,रुष्तम तामाङ, असलमान राई , प्रविन प्रधान,बद्री देवकोटा, मालती लामा, दीपक घले, एन्जल कुलुङ, राजकुमार मगर रहेका छन्।

    त्यस्तै, नृत्य विधाबाट झरना राई,सौजन चहार,अमित राई,दिया सिंह,रितु श्रेष्ठ,जीवन राई,निरु श्रेष्ठ,शर्मिला घर्ती,सविना राई,जुनु माया कुमाल,सरोज लामा,सुनिता शेर्पा,रेखा मगर, ललिता लामा रहेका छन्। पहिलो अडिसनमा  पहिलो सुरुवात नृत्य विधाबाट सुरु भएको थियो।झरना राईले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन्।



  • पहिलो अडिसन कार्यक्रमको बारेमा तमु (गुरुङ) समाजका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापक टौमाया गुरुङले प्रष्ट पारेकी थिइन्। विधिवत रुपमा उद्घाटनसहित अघि बढेको कार्यक्रममा प्रमुख अतिथि सुवेदीलाई माला र फेटाद्धारा सम्मान गरिएको थियो।

    कार्यक्रममा सम्पुर्ण संघसंस्थाको तर्फबाट गण्डकी प्रदेश कतार अध्यक्ष सागर पौडेल, पर्यवेक्षक कमलमणि गुरागाईँ,  क्रान्ति सिंह र पहिलो अडिसनका अतिथि निर्णायक रहेका गैर आवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङले मन्तव्य राखेका थिए।

    प्रतियोगिता कार्यक्रमको रुपरेखा दुई चरणको रहेको थियो। पहिलो चरणको कार्यक्रमको सहजीकरण एनसिसी कतारका महासचिव रबिन मगरले गरेका थिए। प्रमुख अतिथि कृष्ण कुमार सुवेदीले प्रवासमा रहेका नेपाली श्रमको लागि मात्र नभएर नेपाली भाषा,  धर्म, संस्कृति, कला, परम्परा एवम् रितिरिवाज जोगाउनु पनि सबै नेपालीको दायित्व रहेको बताए। मेची महाकालीको सिमानामा भन्दा प्रवासको भुमिमा गायन र नृत्यले नेपालीपन र नेपाली मन र राष्ट्र बाँचेको आभाष र अनुभुति आफुले  पाएको बताए ।
    कार्यक्रमका सभापति रमेश भट्टले आफनो शुभकामना मन्तव्य राख्दै गैर आवासीय नेपाली संघले २००९ देखि नै कला र संस्कृतिको जगेर्ना र संरक्षण गर्दै आईरहेको बताए । प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे।

    कतारमा रहेका नेपालीहरुको प्रतिभाको खोजी कार्य गरिरहेको गैरआवासिय नेपाली ताराको प्रतियोगिताको परिवेक्षक तर्फ कमलमणि गुराराई, बुधबल गुरुङ, करिम बक्स मिया र क्रान्ती सिङ रहेका थिए भेन नृत्य निर्णायकको भुमिकामा जनक थापा मगर ,भबिन्द्र तामाङ भिम प्रसाद गुरुङ रहेका थिए भने गायन तर्फको निर्णायक तर्फ गुन्जन तामाङ र बिरेन्द्र श्रेष्ठ  रहेका थिए। सांस्कृतिक कार्यक्रमको सहजीकरण एनसिसी कतारका सचिब रोशन अर्याल र तमु गुरुङ समाज कतारका महासचिव डिजन गुरुङले संयुक्तरुपमा गरेका थिए ।

    दोस्रो चरणमा प्रवेश गरेका कलाकारहरूले आगामी डिसेम्बर १५ तारिकभित्र आफ्नो गीतको म्युजिक ट्रयाक आयोजकलाई बुझाउन समेत आग्रह गरिएको छ । दोस्रो चरणमा प्रवेश गरेका कलाकारलाई आयोजकले प्रमाण पत्र समेत प्रदान गरेका थियो।  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावासका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न प्रतियोगिता कार्यक्रमको स्वागत मन्तव्य सांस्कृतिक संयोजक विवेक पुलामी मगरले राखेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *