सोती घटनाको निरन्तर सुनुवाइ आजदेखि जिल्ला अदालतमा हुंदै


  • सोती घटनाको निरन्तर सुनुवाइ आजदेखि जिल्ला अदालतमा हुंदै
  • काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए ।

    फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका छन् । सरकारी वकिलको बहस पुरा भएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफ दिने अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।



  • १० जेठ २०७७ मा पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए ।

    ठकुरी र दलित समुदायको बिचमा विवाह गर्नेबारे विवाद हुँदा गाउँलेहरू मिलेर नवराज र उनका साथीहरूलाई लखेटेर हत्या गरेका हुन् । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । घटनामा संलग्न २३ जना प्रतिवादी थुनामा छन् । प्रतिवादी मध्ये दुई जना नाबालक छन् । रातोपाटी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *