बाँकेमा आज ३० जना डिस्चार्ज



नेपालगन्ज २९, साउन ।
बाँकेमा विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदैछन् । त्यसमा आन्तरिक राजश्व कार्यालयका अधिकृत, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीदेखि मिठाई पसलेसम्म छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्जका १८, कोहलपुर र राप्तीसोनारीका एक–एकजना त्यस्तै दाङ, बर्दिया, दैलेख, पर्साका एक–एकजना छन् । सुर्खेत र कञ्चनपुरका दुई–दुईजना गरी चारजना पनि विहीबार नै डिस्चार्ज हुँदैछन् । ‘आज (विहीबार) डिस्चार्ज हुन लागेको अधिकांश आन्तरिक राजश्य र उपमहानगरपालिकाका कर्मचारी छन् फोकलपर्सन श्रेष्ठले भन्नुभयो–‘बाँकेमा कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।’
विहीबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या चारसय ३५ पुगेको छ । अहिलेसम्म जिल्लामा संक्रमितको संख्या ६ सय ६३ छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ ।