काठमाण्डौं: शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ ।उक्त चलचित्रले विश्वभरबाट शुक्रबार र शनिबारको अवधिमा २३६ करोड कमाएको हो ।
सन्दिप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपुर, रश्मीका मन्दाना, बबी देवल ,अनिल कपुर , सन्दिप रेड्डी, शक्तृती कपुर तृप्ती डिमरी र परिणिती चोपडा लगायत चर्चित कलाकारको अभिनय रहेको छ ।

रिलिज भएको पहिलो दिन शुक्रबार ११६ करोड कमाएको ‘एनिमल’ले दोस्रो दिन शनिबार ११५ करोड कमाएको हो । फिल्म ‘एनिमल’ले नेपालमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।