काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन आपतकालीन ढोकाको सिसा खसेको छ । काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन ढोकाको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए ।

विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताए । कलसाइन ९ एन एएलओ भएको जहाँजको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।दुई जना प्यासेन्जर रहेको जहाज सकुसल अवतरण भएको र अवस्था सामान्य रहेको प्रवक्ता झाले बताए ।