काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।