सात सचिवको सरुवा


  • सात सचिवको सरुवा
  • काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सचिवहरु सरुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद बैठकले खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ भने केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् ।

    यस्तै, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।
    यस्तै, नारायणप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन ।



  • यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरुवा गरिएको छ । सरिता दवाडी जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएकी छन् । यस्तै, आयोगमा रहेका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिंचाइ सचिवमा सरुवा भएको बताइएको छ ।

    सरुवा गरिएका सचिवहरुलाई शुक्रबार पत्र दिने तयारी गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *