नेपाली श्रमिक कल्याणकारी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खपाङ्गी मगर


  • नेपाली श्रमिक कल्याणकारी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खपाङ्गी मगर
  • दर्शन सुनार, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले चौथो साधारणसभा भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ।

    नेपाली श्रमिक कल्याणकारी संघ कतारका  अध्यक्ष देब लम्सालको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा नारायण खपाङ्गी मगर निर्विरोध चयन भएका छन्।

    त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गंगा श्रेष्ठ,प्रथम उपाध्यक्षमा बाबुराम महत, द्वितीय उपाध्यक्षमा मिलन विस्वकर्मा, महासचिवमा सुरत साही, सचिवमा सन्दिप साहानी,कोषाध्यक्षमा कल्पना घर्ती र महिला संयोजकमा निशा पराजुली निर्बिरोध निर्वाचित भएका छन् भने सह-कोषाध्यक्ष पद रिक्त रहेको छ ।

    नयाँ कार्यसमितिको सदस्यहरुमा चाहिँ गंगा तामाङ, शान्ता केसी, ललिता लामा,मिङ्मा लक्की शेर्पा,अर्जुन बिक,नेत्र बहादुर थापा मगर, रोशन कुँवर र  जिबलाल भुसाल निर्वाचित भएका छन्। नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन  समितीका संयोजक तिल बिक्रम मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    कार्यक्रमको सभाहलमा श्रम तथा श्रमिक बिमा तथा सहयोग कोष मन्त्रालयका प्रतिनिधि सलिम अल मोहनन्दी र खालिद अब्दुलरहमान उपस्थित रहेका थिए। साथै कतारमा स्थापित विभिन्न  संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, ईन्डियन कमिटीका अध्यक्ष, फिलिपिन्स कमिटीका पदाधिकारीसँगै कलाकार, पत्रकार सहितको उपस्थिति सहित शुभकामना मन्तव्य समेत रहेको थियो ।



  • नेपाली श्रमिक कल्याणकारी संघले श्रमिकका हक र हितको लागि निकै नै राम्रा कामहरु गर्दै आएको बताउदै वक्ताहरुले शुभकामना मन्तव्यको क्रममा प्रशंसा गरेका थिए। ईन्डियन कमिटीका एडभाईजर सन्दिप शर्माले जीवन बिमा र जीवन बिमाबाट हुने लाभदायकका कुरा बताउँदै  श्रमिकका लागि जीवन बिमा निकै महत्त्वपूर्ण र फाईदाजनक रहेको बताए। सम्पुर्ण श्रमिकहरुलाई जीवन बिमा गर्न पनि शर्माको आग्रह थियो ।कार्यक्रममा  गुना मगर, ललिता लामा,यमराज महत र  सुरेश बिसीले आफना प्रस्तुती राखेका थिए ।

    मन्तव्यकै क्रममा बोल्दै प्रमुख अतिथि भट्टले कतारमा रहेका नेपालीहरुलाई नेपाली श्रमिक कल्याणकारी संघले आयोजना गर्दै आएको श्रमिकका हक र हितका लागि सचेतनामुलक कार्यक्रम, हेल्थ एन्ड सेफ्टी सम्बन्धि जनचेतनामूलक जस्ता कार्यक्रममा सरिक भएर लाभ लिन सबैलाई आग्रह गरे ।

    भट्टले पछिल्लो समय कतारमा धेरै नेपालीहरुले  अकालमा ज्यान गुमाउनु परेको र अकालमा ज्यान गुमाएका मृतकहरुको शव कतारदेखि नेपालसम्म पठाउँदा धेरै जनाको डकुमेन्टको म्याद सकिएको कारणले आफुले निकै दु:ख पाएको बताउँदै  डकुमेन्टको म्याद नहुँदा मृतकका परिवारले पाउनु पर्ने राहत न त  कम्पनीले न त बिमाले राहत नै दिएको र आफुले कैयौं पटक कोसिस गर्दा पनि मृतकका परिवारले राहत पाउन असफल रहेको दुखेसो समेत पोखे। सामाजिक सुरक्षाकोषमा आवद्ध भएर पासपोर्ट,आईडी  श्रम स्वीकृति जस्ता डकुमेन्ट म्याद सकिएपछि समयमै नविकरण गर्न सबैलाई भट्टले आग्रह गरे ।

    संघले एक वर्षे कार्यकालमा गरेका कार्यप्रगति विवरण सचिब सुरत शाही र सन्दिप साहानी मिलेर प्रष्ट पारेका थिए । प्रशिक्षण बिमल सुवेदीले श्रमिकहरुले पाउने हक हित तथा कम्पनी चेन्ज स्पोनर लगायत विविध काम र कार्यहरुको बारेमा बताएका थिए । अधिवेशनको अवसरमा संघले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न तह र तप्काबाट सहयोग गर्दै आएका विभिन्न संघ-संस्था, कलाकार,पत्रकार लगायत अन्य विशिष्ट व्यक्तित्वहरुलाई मायाको चिनो,सम्मान पत्र प्रदान गरेको थियो ।

    सभापति लम्सालले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नयाँ बनेको कार्यसमितिले सदैव श्रमिकका हक र हितका लागि पुर्णता दिने काम गर्नेछ भन्ने बिश्वास व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद सहित कृतज्ञता प्रकट गरे । नव निर्वाचित अध्यक्ष  नारायण खपाङ्गी मगरले स्वागत मन्तव्य राखेको  कार्यक्रमको सहजीकरण संघका सचिब सुरत शाहीले गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *